Welcome To Our Website. - श्री स्वर्गद्धारी महाप्रभु चरित्रम्
   
www.shrestha.page.tl
  मुख्य पृष्ठ
  स्वागतम्
  तपाईको मत सर्बेक्षण
  Comment Box
  प्युठान जिल्लाको एक परिचय
  श्री स्वर्गद्धारी महाप्रभु चरित्रम्
  सञ्जीवनी मेडिकल हल
  स्वर्गद्धारीको परिचय
  आयुर्वेद
  जडिवुटि तथा घरेलु उपचार
  खलंगाका बिभिन्न जात्राहरु
  प्यूठान जिल्लाको इतिहास
  तस्विर संग्रह 4
  Earn Online Money
  NEPALI FM STATIONS
  RAPTI ZONE OF NEPAL
  Beej Mantra Therapy
  NTC CRBT CODES
  तस्विर संग्रह
  तस्विर संग्रह 1
  तस्विर संग्रह 2
  तस्विर संग्रह 3
  Swargadwari Mahatsob
  Rudraksha Therapy
  Music Zones
  मोवाइल एस.एम.एस सन्देश
  HEALTH
  Anatomy & Physiology Figures
  आजको राशीफल
  साहित्य संसार
  Yoga
  Lryics Of English Songs
  GAMES
  Love poems site
  About Pyuthan
  Country lists
  Free download Mobile software
  Web tools
  Send Free SMS
  Total visitors
  Teleshop products

© 2013

 

 


श्री स्वर्गद्धारी महाप्रभु चरित्रम्

 

(स्वर्गद्धारी महात्म्य)

 

हृदय राखी गुरु–पद–कमल, विनय गर्छु धेरै बार ।

 

निर्मल बुद्धि देहिं प्रभु, म मतिमन्द गंवार ।।

 

गणपति–दिनकर–गौरी–हर, नारायणी–श्रुति–सार ।

 

योगि–सन्त–सुभक्त–बटु, गौ–ब्राम्हण–ऋषि झार ।।

 

सब कहाँ विनय सुचारु गरि, प्रणमउ बारम्बार ।

 

प्रभु कृपया सुचरित्र यहाँ, सब विधि देहिं सुधार ।।

 

कहाँ गुरुवयं महात्म्य अर, कहाँ म बुद्धि विहिन ।

 

सहित श्रद्धा लिखत हुँ, हुँ अति दीन मलीन ।।

 

जय प्रभूनाथ बाबा

बाबा कहाँ जाने बाटोको विवरण

 

तपाई भारत देशबाट जब नेपाल देशमा आउनु भयो भने नेपालको कुनै पनी सिमानाबाट आउन सक्नुहुनेछ । जस्तै ः नेपालगंज, बढनी, भैरहवाबाट आउन सक्नुहुनेछ र अन्य देशबाट पनी आउदा बायु सेवाबाट अन्तराष्ट्रिय त्रिभुवन विमान स्थल काठमाण्डौ हुदै दाङ्गको भालुवाङ्ग देखी प्युठान भिंग्री सम्म पक्की कालो पत्रे सडक हुदै र दाङ्गको घोराही–रोल्पाको होलेरी हुदै पवित्र तिर्थ स्थल स्वर्गद्धारी आउन सक्नुहुनेछ । घोराही हुदै आउनुभयो भने दाङ्ग जिल्लाको रमणीय स्थान छ जहाँ तपाईले दर्शन गर्ने लायकको तीन अदभुत अलौकिक रमणीय, धार्मिक स्थानहरु छ । पहिला घोराहीको पुर्वमा स्थित रतननाथ बाबाको मन्दिर छ, दोस्रो घोराहीको उत्तरमा माँ अम्बीकेश्वरी माताको मन्दिर छ र तेस्रो घोराहीको पश्चिम दिशामा स्थित बाबा ब्रह्मदेवको मन्दिर छ । त्यसपछि तपाई पैदल यात्रा जान चाहनुहुन्छ भने एक दिनको रमणीय दृश्यको अवलोकन गदै, प्रकृतिको सौन्दर्यतामा रमाउदै, बिभिन्न पहाड, खोलानाला, छाङ्ग–छहरा, चराचुरुङ्गीको अनन्दमय अवलोकन गदै पैदल यात्रा गर्न सक्नुहुनेछ । यदि तपाई सवारी साधनबाट जान चाहानु हुन्छ भने धोराहिको बाह्रकुने दह–रोल्पाको होलेरी हुदै, ४–५ घण्टाको यात्रा गर्दै सजिलो सँग स्वर्गद्धारीको धरमपनी सम्म कच्ची सडक हुदै जान सक्नुहुनेछ । यस ठाउँमा नयाँ नयाँ सुविधा थपिदै छन् । नयाँ नयाँ धर्मशाला, होटल र खान–बस्नको सम्पुर्ण व्यबस्था गरिएको छ । विस्तारै अरु कुराहरुमा पनी सुधार कार्य भई रहेको छ ।

 

यस स्वर्गद्धारीमा श्री प्रभुनाथ बाबाको बर्षमा पाँच पटक भब्य ठुलो मेला लाग्दछ ।

 

पहिलो मेला वैशाखमा बुध पूर्णिमाको दिन देखि अषाढ पुर्णिमा सम्म दुई महिना लाग्दछ जस्मा देशको कुना–कुनाबाट र छिमेकी देश भारतको बिभिन्न ठाउँबाट हजारौ तिर्थलु भक्तजनहरु आउने गर्छन् ।

 

दोस्रो मेला साउनमा पर्ने पुत्रदा एकादशीको दिन देखी सुरु भएर भाद्र महिनाको पुर्णिमा सम्म लाग्दछ । यस समय मेलामा आउने वाला तिर्थ यात्री बढि जस्तो अधिकांशः गोरखपुर, देवरिया, महराजगंज, पडरौना, बांसी, सिद्धार्थनगर, बस्ती, श्रावस्ती, अयोध्या तथा सम्पुर्ण भारतबाट आउदछन् ।

 

तेस्रो मेला दिपावलीको दिन देखी भाइटिकाको दिन सम्म लाग्दछ । यहाँ नेपालको श्रृद्धालु भक्तजन भन्दा भारतबाट आउने भक्तजनको संख्या धेरै हुन्छ । यस बेला गाईलाई नुन, आटा, सत्तू आदि खुवाउने प्रचलन छ ।

 

चौथो मेला पौष महिना देखी पौष महिनामा शुरु हुन्छ यस समयमा अत्यन्त जांडो हुन्छ । त्यसैले जांडो बाट बच्नको लागी न्यानो कपडा हरु ल्याएर आउनु पर्छ । यस समयमा धेरै जस्तो भक्तजनहरु श्रावस्ती, भिन्गा, वहराईच, नानपारा, सितापुर, लखनऊ, बाराबंकी, रुपइडीहा, आदी ठाउँबाट आउँछन् ।

 

पाँचौं मेला महाशिवरात्रीको दिन लाग्दछ । यस समयमा नेपाल भारत र अन्य देशबाट हजारौं श्रृद्धालु भक्तजनहरु आउने गर्दछन् ।

 
 

 

स्वर्गद्धारी प्रभु महाराजको दर्शन गर्न आउँदा चढाउने सामग्रीहरु:
यहां मुख्य रुपमा सुख्खा सुजीको गोला, सवा मिटरको कपडा, एउटा भेलीको डल्ला, जौं, तिल, पंच मेवा, हवन, कपुर, अगरबत्ती, दाल, चामल, नरीवल एवं आफ्नो स्तर अनुसारको भेटी चढाईन्छ । 

 
 
स्वर्गद्धारी महाप्रभुको जन्म स्थल ः

 

श्रुति र स्मृतियोंमा प्रसिद्ध कैलाश पर्वत जस्मा भवानी सहित भगवान शंकर (श्री पशुपतिनाथको रुपमा) बस्नु हुन्छ । यस हिमालय श्रृंखलालाई हिमवत् खण्ड उत्तराखण्डको नेपाल देश पनी भनेको पाइन्छ । जुन देश आज सम्म हिन्दु–राष्ट्र, स्वतन्त्र धर्म नीतीबाट रहेको छ । पुराण तथा शास्त्र अनुसार आर्यावत (भारत)को राजा–महाराजा, विद्वान एवं विवेकी भुक्तजोगीजन आफ्नो राजपाट, घर परीवार, धनसम्पति सबैलाई त्यागेर जन्म–मृतु, रुप–बन्धनबाट मुक्त हुनको लागी चतुर्यावस्था (अन्तिम समय)मा यही ठाउँमा आएर बस्ने गर्दथे, र यहाँको ऋषि, महर्षिद्धारा शिक्षित भएर यज्ञ, जप, तप योग साधन, निष्काम कर्म गरेर जन्म–मृतुबाट मुक्त एवं कृत–कृत्य हुन्थे । जस्को महिमा सम्पुर्ण शास्त्र वर्णन गर्दछन् र विशेष रुपमा स्कन्ध पुराणान्तर्गत हिमवत्खण्डमा वर्णन गरिएको छ ।

 

यसै पवित्र देश नेपालको मध्य पश्चिमाञ्चलमा राप्ती अञ्चलको दाङ्ग जिल्लाको पश्चिमोत्तर दिशामा रोल्पा जिल्ला छ, त्यसै जिल्लामा रुमटी भन्ने सुन्दर गाउँमा अत्रिगोत्रीय क्षेत्री जातको श्री अनिरुद्ध जी को धर्मपत्नी श्री श्वेतकुमारीको साथ कृषि र गाईको सेवा, देवता र अतिथिको स्वगत सत्कार गरेर आफ्नो सुखमय गृहस्थी जीवन चलाउथे ।

 

जुन रुमटीको अनुपम शोभा बढाउने, त्यस पर्वतको आठ फणों वाला सांप (शेषनाग) को आकृति छ । इस नागको घर रुमटी को दक्षिणको पर्वत (जहाँ गाउँ छ , यहाँ सर्पाकार हुनाले यस गाउँलाई सर्पको डाडाँ वा गाउ भन्ने गरिन्छ । यहाँ बिभिन्न प्रकारको लता, वृक्ष, फल, मृग र चराचुरुङ्गी ले शुभोभित हिमालय र तराईको सबै बस्तुबाट भरिपुर्ण छ किनकी रुमटी देखी मथी पहाडको उच्चो शिखर र तल उष्ण प्रदेश छ ।

 

स्वर्गद्धारी महाप्रभुको जन्म

 

रुमटी गाउँमा श्री अनिरुद्ध जीद्धारा उनको धर्मपत्नी श्री श्वेतकुमारी देवीको गर्भमा एक महापुरुष प्रविष्ट भयो । देवता र महर्षीहरु साधुको रुपमा भिक्षाको बहानामा आउने गर्दथे । एक दिन गुप्त कुरालाई प्रकट गरी भगवानले भने, “माताजीको गर्भमा एक अलौकिक महापुरुष हुर्किदै हुनुहुन्छ । उहाँको जन्मिने समयमा आकाशमा  बाजा बजेको सुन्निने छ र फुलको वर्षा हुनेछ । उहाँले ठुला–ठुला यज्ञद्धारा देवतालाई खुसी बनाएर राम्रो काम गर्ने शिक्षा दिनेछन् । सच्चा योग जुन कलि प्रभावबाट लुप्तप्राय छ त्यसको प्रकाश गर्नेछन् । ” यस्तो भविष्यवाणी गर्नुभयो । परन्तु त्यस कुरालाई कस्ले विश्वास गर्दथो ।

 

विक्रम सम्वत् १९१६ श्रावण शुक्ल एकादशी (पुत्रदा) आइतबारको रातीमा विचित्र बाजा सुनेर सबैले अनिरुद्धजीको घरमा हेर्दा देखे कि दिव्य फुलहरुको बर्षा भईरहेको थियो । आकाशमा आनन्द दिने वाला बाजा बजिरहेको थियो र चन्द्रतुल्य सुन्दर बालक प्रकट भयो । रात भर गाउँभरी नाच गान भयो । प्रातःकाल भयो, यस प्रकार सबैले पनी ठुलो उत्सव मनाय । 

 

बाल लीला

 

उहाँ जन्मिनु भएको छौठो दिन श्रीषष्ठी देवी को पुजा गर्ने गरिन्छ, यस देशमा प्रचलित परम्परा अनुसार षष्ठी देवीलाई बोकाको बलि दिएर पुजा गरियो । विशेष रुपमा भोज भत्यार पनी मनाइयो । सबै भोजन र नृत्य–गीतबाट तृप्त थिए । परन्तु बालक आमाको स्तनपान गरेको छैन । यो देखेर सवै जाना डराय । एक योगी जी लाई बालक देखाइयो । उहाँले थोरै चामललाई अभिमन्त्रित गरेर आमालाई दिदै भन्नुभयो, “यस चामललाई सिरानीमा राखेर सुत्नुहोला, डराउनु पर्ने केहि कुरा छैन ।” त्यसपछि आमाले बालकलाई राती उठेर स्तनपान गराउदा खेरी बालक स्पष्ट बोलर भन्न लगे कि, आमा तपाईले जे मासु खानु भयो, यस दुधमा त्यस मासुको दुर्गन्ध आयो । अतः आजबाट तपाईको दुध पिउन सक्दिन । अब मलाई गाईको दुध पिलाउनु । त्यो देवताको प्रार्थना र तपाईको तपले म तपाईको पुत्र भए । तपाई हेर्नु हुन्छ ? म भविष्यलाई प्रकट गर्छु र यज्ञद्धारा देवताहरुलाई तृप्त गर्छु । त्यसदेखी आमाको दुध पिएनन् । यस कुरालाई आमाले सपना सम्झेर अरुलाई सुनाउनु भएको थियो ।

 

जब एधार दिनको हुनु भयो जसमा नवजात शिशुको नामाकरण विधिपूर्वक पुजा गरेर गरिन्छ । ब्राह्मण तथा बन्धुवर्गलाई स्वादिष्ट भोजन गराइयो । बालकको नाम ‘नरायण’ राखियो ।

 

 एक दिनको कुरा हो कि आमाले बालकलाई काखमा लिएर मसार्दै चुम्दै, अत्यन्तै मायाले हेदै थिइन । बालक नारायण हास्दा, उनले अनेक ब्रह्माण्ड, नदी, वन, पर्वत, द्धीप, सागर, ब्रह्मा, विष्णु, रुद्रादि देवताहरुलाई देखेर भय र आश्चर्यले आँखा बन्द गरिन् । यस कुरालाई पनी सपना सम्झेर अरुलाई सुनाइन् ।

 

बच्चाले दुध नपिएको दुई दिन भएको थियो । केहि भूत, डाइन, बैताल आदि केहि लाग्यो कि? भनेर योगी जी लाई बोलाएर बालकको लागी प्रथना गर्ने लागे । तब बालकलाई देखेर योगी बालकको खुट्टामा चुम्दै आश्रुधारा बगाउन लागे । त्यसपछि योगीले भने कि भोली एकादशी त्यसैले उपवास बसेको हुनाले भोली दुध पिउछन् ।

 

बालक नारायणको दुवै ठाउँमा दुई–दुईवटा दात निस्केको थियो । रक्त कमल जस्तै रातो र कोमल हात तथा पाऊँ थियो, शरीर बिजुलीको समान कान्ति चम्केको थियो, वक्ष स्थलमा भृगुको चरण चिन्ह स्पष्ट देखिन्थो । सुगाको जस्तै नाक, दुवै कान अत्यन्त लामो, कालो–चम्किलो नयन, रसीलो , तोते मिठो वोली, ब्याघ्रको नङ्ग, बाजू दन्त तथा मूंगा, मोती, ठुभ्रेको बुनेको माला, यस प्रकार मानौ शान्ति, धर्य, उदार आदि गुणले मूर्तिमान स्वरुपबाट विराजमान हुनुहुन्थो । जो कोहि एक पटक यस छविलाई देखेपछि चिरकाल पर्यन्त मुन्ध रहन्थे । कहिले माटो सँग खेल्दा खेरी माटोको शिवलिंग बनाएर पुजा गर्दथे र कहिले फुलले श्रीसत्यदेवको पुजा गर्दथे ।

 

 एक दिनको कुरा हो कि गाईलाई चराउनको लागी ग्वालाहरु पहाड तिर जादै थिए । उनीहरुको नजिक आएर नारायण वोले कि अब यहाँ देखी अगाडि नजाऊ । किनकि त्यहाँ अगाडिको पहाड खस्ने वाला छ । यस कुरालाई नसुनेर ग्वाला त्यहि तिर गाईलाई लिएर गएको केहि छिन् मै भयंकर आवाजको साथ पहाडको केहि भाग खस्यो । जसमा धेरै गाई अकालमा मर्यो । यस भयंकर आवाजले गर्दा गाउँका सम्पर्ण मान्छेहरु एकै ठाउँमा भेला भए । तब सबै ग्वालाहरुले भन्ने गरे कि त्यहाँ नारायण हामीलाई जान रोकिदै भन्दैथ्यो, त्यहाँ पहाड खस्दै छ नजाऊ  । यस कुरालाई सुनेर सबै गाउँलेहरुले नारायण सँग धेरै प्रश्न गरे । जब सबैको उत्तर सत्य निकल्यो तब गाउँको सबैजना मिलेर उनको नाम ‘प्रभुदेव’ नाम राखिदिए । यि सबै कुराहरु व्यापक रुपमा फैलियो । यस तथ्य सुनेर धेरै टाढाबाट आएर आफ्नो सन्ताप, भाग्य, भविष्यको प्रश्न गरेर त्यसको निवारणार्थ उपायको पाएर सबै जना सन्तुष्ट भएर जान्थे । यस प्रकार प्रभुदेवलाई सबै जनाले सर्वज्ञ, अलौकिक महापुरुष तथा इश्वरको अवतार मान्न थाले ।

 

एक दिन बाघम्बर ओढेर, गालामा भयंकर सर्पको माला लगाएको, डमरु बजाउदै , हातमा त्रिशुल लिएर एक अद्भुत योगीको आएको देखेर सबै मानिस डरत्रासले यत्र–तत्र भाग्न थाले। तर नारायण उनी योगी जी को काखमा थिए । योगी जी ले आफ्नो लामो भुजाओं बाट आलिंगन गदै विशाल नेत्रले मानै पान गदै थिए । उनीले कुरा गर्दै भने कि पृथ्वी र देवताहरुको दुःख छिटो हटाऊ इत्यादि भनेर योगी जानु भयो ।  यसपछि नारायण सधै बैराग्य यक्त भएर उदासीन देखिन लागे । उनी केहि दिनको उपरान्त अदृश्य भए । तीन साल पछि केहि एक ग्रमीण ले उनीलाई त्यसै पहाडको एक कन्दरा मो देखे तब सबै जनाले गाउँबाट गएर प्रथाना गरे । एकै दिनमा कुटि तयार भयो तब त्यसै कुटिमा केवल जल और फलादिले मात्र कठिन तप गर्न लागे ।

 

 हे नारायण ! हे पुत्र ! आऊ मलाई उठाउ पिताजी श्री अनिरुद्ध को प्राणान्त समयको यस्तो आर्त पुकार सुनेर प्रभुदेवले नादको अभिव्यक्त गर्दै भने कि पिताजी ! आजबाट केहि चिजको इच्छा र केहि चिजको चिन्ता नगर्नुहोस् । निर्गुण र सगुण दुवै अवस्थामा म एक ईश्वरलाई नै देख्नुहोस् । आत्मा नित्य, शुद्ध र व्यापक सबैको प्रकाश दिन्छ । त्यसैलाई जीर–क्षीर–न्यायबाट हंसको गतिलाई विचार गर्नु इत्यादि उपदेशद्धारा परम ज्ञान प्राप्त गरेर सर्वेषणालाई त्याग गरेर संसारको बन्धनलाई तोड्नु पिताजीले उत्तम गति प्राप्त गर्नुभयो । केहि चिन्तित भएर प्रभुदेवले उनको ऊद्र्ध दैहिक क्रिया गर्नुभयो । यस प्रकार पिताजीलाई परम गति प्रदान गर्नुभयो ।

 

जब उहाँ विवाह गर्ने योग्य हुनु भयो तब धेरै आफ्नो छोरी सँग विवाह गर्न इच्छा व्यक्त गरे । सबै जनाको यस्तो इच्छा देखेर आमाले उनीसँग आफ्नो इच्छा व्यक्त  गरिन् । यस्तो सुनेर नारायण असन्तुष्ट हुदै कुटियामा आगो लगाईदिए, र त्यसै अग्निमा बसे । किनकी प्रभुदेव विवाह बन्धनबाट अलग हुन चाहान्थे । परन्तु आगो चन्दन जस्तै शितल भएको प्रत्यक्षदर्शीहरुले भनेको कुरा सुनिन्छ । त्यसपछि प्रभुदेव यस गाउँलाई छोडेर पहिलेको त्यहि गुफामा जानको हिडे । चारै तिर फिजीएको जटा, जुन कम्मर सम्म लत्रिएको थियो । हातखुट्टा कोमल लाल थियो । चन्द्रतुल्य मुखको कान्ति, मोतीको समान चम्किलो सेतो दात, लामो बाहु, अग्लो र चौडा छातीमा भृगुको पद चिन्ह, कमल, ध्वजा आदि तलमा सुशोभित थियो । कालो र चम्किलो नयन, गुलाबी रंगको कपोल गोरो चम्किलो वर्ण, कमरमा एक बस्त्र लपेटेको, खाली खुट्टा हिड्दै थिए । एक्लै पहाडी जंगलमा बहुत हिंसक जनावरको डर वा खतरा थियो । यस्तो देखेर कुन मान्छेले उपेक्षा गर्न सक्दथो । सम्पुर्ण गाउँले पनी सँगै हिडे । उनको नजिक गएर धेरै प्रार्थना गर्न थाले । तर प्रभुदेव फर्केनन् , त्यही गुफामा बस्दै थोरै फल–फुलादि तथा निराहार बाह्र बर्ष सम्म कठिन तपस्या गरे । तब सबैले उनका नाम ‘श्री बाला तपस्वी’ राखी दिए । यहि नामले विशेष प्रसिद्ध पनी भए । 

 

सन्यासी हुदाँ

 

केहि दिनपछि एक विद्धान ब्रह्मज्ञानी सन्यासी श्री १०८ स्वामी सच्चिदान्द गिरिजी परमहंस आएर प्रभुदेव सँग सत्संग गर्नुभयो, उहाँ सँग प्रभुदेवले संन्यास आश्रमलाई धारण गर्नुभयो । उनैको कारण गुरुद्धारा श्री १०८ हंसानन्द गिरिजी परमहंस उनको नाम भयो । तर पनी उनीले सबैले श्री बाला तपस्वी या श्री महाप्रभु नै भन्ने गरे । साथमा अनन्त गिरिजी र दौलतानन्द गिरिजी यी दुवैजना महाप्रभुको गुरुभाई थिए । दूवै सन्यस्त भए । 

 

जन्म स्थलमा यज्ञ

 

फेरी रुकुम गाउँबाट आएका एक गौतम कुलको विप्र कुमारलाई संन्यास दिएर प्रथम चेला प्रभुदेवलाई बनाएका थिए । उनको नाम श्री १०८ बोधानन्द गिरिजी राखी दिए । यि दुवै साथमा सबै कार्य गर्दथे । यज्ञशाला र शिवालय बनाए । यसपछि बिस्तारै–बिस्तारै सबै चीज जम्मा हुन थाल्यो । समाचार पाएर तपस्वी र तेजस्वी ब्राह्मण जम्मा हुन थाले । उनी ब्राह्मणद्धारा प्रकट गरीयो कि आगोमा ध्यू धारा सहित नानाविध चरुओंको पनी आहुतिया पर्न थाल्यो । महान–महान शंख, घण्टा, नगाडे.,ढोलक, तुरही आदि बाजाको रोमांचकारी गगनभेदी ध्वनि सबै पापलाई नष्ट गर्नेवाला स्वर्ग र मत्र्यमा व्याप्त हुन थाल्यो । यज्ञको भाग पाएर सबै देवताहरु खुसी भएर पानी सँगै विभिन्न बस्तुहरुलाई बर्साउन थाले । पृथ्वी खुसी भएर हास्न थाले, जस्ले गर्दा सर्वत्र खनिज वस्तु उपलब्ध हुन लाग्यो । पृथ्वी रोमांच रुपबाट अन्न, साग, मुल आदि दिन थाले । रोग–व्याधि–ईति, भीति आदि सबै नष्ट भयो । यस प्रकार पृथ्वीमा स्वर्गको सुखको अनुभव हुन थाल्यो । चारैतिर सुख र शान्ति छायो । यस प्रकार बाह्र वर्षको यज्ञको कार्य परिपुर्ण गरेर प्रभुदेव त्यहाँ जानुभयो ।

 

तत्पश्चात् तिन स्वामी जब त्यहाँबाट हिड्नु भयो तब माताजी दैडिदै आउनुभयो र रुदै–रुदै भन्न थाल्नुभयो कि, म बुढीयालाई एक्लै छोडेर कहाँ जादै छौ ? म कस्को साहरा लिएर बस्छु ? शान्तभावमा प्रभुदेव भन्न थाले कि तपाईलाई मैले छैठो दिनमा के सुनाएको थिए? मुख भित्र के देखाएको थिए? के त्यो सपना थियो ?र कति ज्ञान–विज्ञानको कुरा बताए ? फेरी तपाई के सोच्दै हुनुहुन्छ ? माताजी (आमा) शान्त हुनुभयो । उनको आशुधारा रोकियो । यो देखेर प्रभुदेव माताजी सँग पुनः भन्नथोले–तपाईलाई केहि कष्ट परेमा मलाई सम्झिनुहोला, सबै कष्ट हराउछ । जब तपाईलाई तीव्र वैराग्य हुन्छ, तब तपाई मेरो पास आउनुहोला संन्यास लिएर तपाई यसै जन्ममा भव–बन्धनबाट मुक्त हुनुहुनेछ । माताजी लाई हेदै हेदै एक योगीको पीठमा सवार भएर प्रभुदेव पूर्व तिर जादैथिए । महीचने ग्रामको जलाशयमा स्नान र जलपान गरेर हिड्दै हिड्दै साँझ  ‘श्री स्वर्गद्धारी’ शिखरमा पुगेर एक विशाल ‘बांझको वृक्ष’को तल आसन लगाएर बस्नुभयो, त्यहाँको निवासी गोपालले दुध पिलाए र रात व्यतीत भयो ।

 

 


स्वर्गद्धारीमा प्रवेश

 

यस गिरिशिखरमा पूर्वकालमा स्वर्ग प्राप्तिको लागी महर्षियोंले महान सात्विक वैष्णब योग (यज्ञ) गरेर स्वर्ग प्राप्त गरेको थिए । यसै समयबाट यस टापूको नाम ‘स्वर्गद्धारी’ प्रसिद्ध भयो । केहि काल पछि यस नाम लुप्त भएको थियो । धेरै समयको अन्तराल पश्चात् नेपाल राज्यान्तर्गत दाङ्ग जिल्लाको ‘छिश्लीकोट’ नामको एक किल्लामा दाङ्गको नरेश जसको नाम ‘महीचन ठाकुर’ थियो । आफ्नो जीवन मुक्तिको खोजमा श्री मुक्तिक्षेत्रको लागी गए । दैवयोगले बाटोमा अस्वस्थताको कारण केहि दिन महिचनलाई बसालेको हुनाले आज सम्म मान्छेहरु त्यस स्थानलाई महिचन वा मैचने गाउँ भन्दछन् । जुन स्वर्गद्धारीको पश्चिम दिशामा करीब दुई कोस अर्थात् चार माइलको दुरीमा छ । त्यहाँबाट आउदा आउदै यसै ‘स्वर्गद्धारी’मा नरेश महिचनले यस अतित्य शरीरलाई छोडेर स्वर्गलोकमा गएको कारण यसको त्यही पुरानो नाम ‘श्री स्वर्गद्धारी’ मान्छेहरुले पुनः भन्न थाले । यस स्वर्गद्धारीको तल पश्चिम तिर स्वर्गीय नरेशको स्मारकको रुप स्थापित गरीयो । तब देखी यस स्थानलाई सबैले ‘धर्मपानी’ भन्न थाले । जहाँ आज पनी स्वर्गद्धारी आश्रमको गौशाला र मकैको खेत विद्यमान छ ।

 

यस स्वर्गद्धारी शिखरमा भिङ्ग्री गाँउबाट मान्छेहरु गाई र भैसी लिएर गर्मीको दिनमा बस्ने गर्दथे किनकी गाउँ धेरै टाढा हुनाले र यहाँ प्रचुर मात्रामा घास उपलब्ध हुन्थ्यो । जसको मुख्य धर तल भिङ्ग्री नै थियो । उनीहरुलाई महाप्रभुले भन्नुभयो कि पुर्वकालमा यहि स्थानमा महान् यज्ञ भएको थियो, अब देखी म अखण्ड यज्ञ गर्छु । अतः यस गिरि शिखरलाई खाली गरिदेऊ । यदि तपाईहरु सहायता गर्नसक्नु हुन्छ भने तपाईहरुको कल्याण हुन्छ । यो सुनेर उनीहरु भित्र श्रृद्धा भयो । तर बाहिर उनीहरुले भने, के तपाई कुनै प्रमाण दिन सक्नुहुन्छ ? प्रभुदेवले खनेर जलेको यज्ञ र खरानीको भण्डार देखाइ दिनुभयो । जसमा पुरानो पञ्च पात्र, अर्घा र अरु केहि पैसा पनी थियो । जसको खरानी निलेर यात्री र छिमेकीहरुले प्रसादको रुपमा ग्रहण गर्दथे र घर लैजान्थे । धेरै दिनपछि त्यहाँ खाल्डो भयो तब माथी माटोले आजकल ढाकियो । धर्मपानीको टापूमा महिचन नरेशको शस्त्रास्त्र र सुरक्षित पैसा पनी निकाले । स्वर्गद्धारीको पूर्व दिशामा केहि दुरीमा एक कुटियाको नमूना, धूनी र चुल्हो देखियो र भनियो कि शिलावत नामक महर्षिको आश्रम पूर्वकालमा थियो । तब पूर्ण विश्वास गरेर उनीहरु सबैले टापू छाडिदिए र भाडाकुडा र अन्य सामान पनी दिए ।

 

 पुरी–निर्माण

 

त्यही समय देखी गाउँका मनिसहरुले अन्न, वस्त्र र द्रव्य आदिको भेंट (दान) गर्ने र आश्रम बनाउनेमा पुरै तरीकाले मद्दत गर्नथाले । टाढा–टाढाबाट मानिसहरु आएर सेवा गर्न थाले । चारै तिर प्रचार र प्रसिद्धि फैलियो । केहि दिन मै एक सुन्दर शिवालय बनाइयो र त्यसमा शिवजीको स्थापना विधीपूर्वक गरियो । पछि यज्ञशाला जसमा नौ मन्दिरलाई जोडेर एक मन्दिर बनाइएको थियो , जसमा प्रत्येक मन्दिरमा पृथक्–पृथक् पाँच अग्नि कुण्ड र चार देवताको मन्दिर बनाइएको थियो । परन्तु भित्री भाग त्यही पुरानो नै हो यसलाई परिवर्तित गरिएको छैन ।

 

त्यसपछि बलीयो कुटिया बन्यो जसमा तत्कालीन श्री बोधानन्द बस्नु हुन्थ्यो र सामानको रेखदेख र वितरण गर्नुहुन्थ्यो । अनन्तर बडा गुरु (प्रभुदेव को आचार्य गुरु) जी को कुटी बन्यो , पछि प्रभुदेवको सानो कुटी पनी बनाइयो । विस्तारै–विस्तारै पाठशाला, छात्रावास, धर्मशाला र गौशालाहरु पनी बन्यो । साधु र भक्तजनहरुको अनेक कुटिहरु पनी बनाइयो । यस प्रकार पुराको निर्माण भयो ।

 

 

 

अखण्ड मण्डलाकार यज्ञ

 

पहले तेतीस् वैदिक ब्राह्मणद्धारा “अखण्ड मण्डलाकार” नामक यज्ञ प्रारम्भ गरियो । जसको विधि केवल प्रभुदेव नै बताउनु हुन्थ्यो र त्यसै प्रकार विद्धान ब्राह्मण यज्ञ गराउदथे । अत्रि गोत्रीय ‘टीकाराम’ नामक एक ब्राह्मणलाई प्रभुदेवले मन्त्र र विधि बताउनुभयो, जसको प्रयोगले टिकारामजीको मुखबाट नै अग्नि प्रकट भयो । यस यज्ञको विधि र नाम आदिको चौसट्ठी कला ले सर्वज्ञ प्रभुदेवले बाहेक अरु कोहिले थाहथिएन ।

 

पश्चिम मन्दिरलाई मूल गादी (मुख्य मन्दिर) भनिन्छ । जसमा श्री विष्णु पांचयातनको पुजा, श्री मद्भागवत महापुराणको नित्य पाठ र पुर्व–उत्तर दुवै पुष्पांजली, आरती, तिलक यहीबाट चल्दै आइरहेको छ ।

 

उत्तर मन्दिरमा श्री शिव पांचायतनको पुजा, लघुरुद्रीय शंख जल धाराको साथ नित्य रुद्राष्टाध्यायीको पाठ र श्री गणेश जी को पूजा, प्रत्तिदिन हुदै आइरहेको छ ।

 

पूर्व दिशाको मन्दिरमा श्री देवी पांचायतनको पुजा, श्री मद्देवीभागवत महापुराणका पाठ नित्यशः चलि रहेको छ ।

 

 दक्षिणको मन्दिरमा श्री सूर्य पांचायतनको पुजा पद्मपुराणको पारयण सदैव देखी चलीरहेको छ । यहाँ तिर श्री प्रभुदेवको र बोधानन्द जी पुष्पांजली, आरती र तिलक (टिका लगाउने बेला) को समयमा सबै भक्तको साथ बस्नुहुन्थ्यो । (जहाँ श्री प्रभुदेवको स्वर्णमय विशाल मूर्तिको स्थापना भयो जो आज पनी विद्यमान छ र बोधानन्दजीको आसन चौकी वनाएर सुरक्षित राखिएको छ ।

 

चारै दिशाको अन्य चार मन्दिरमा चार अग्नि–कुण्ड एवं मध्यको विशाल मन्दिरमा विशाल मुख्य अग्नि–कुण्ड बन्यो । यस प्रकार पाँच अग्नि–कुण्ड भयो । यस कुण्डमा धृत धाराको साथ नाना चरुओं जसमा सुवर्ण, रजत, रेशमी, सूती, तास, किनखाब आदि वस्त्र, रत्न, सूनचाँदीको प्रतिदिन धेरै पटक रात–दिन अखण्ड हवन भइरहन्थो (त्यो आज पनी साधारणतया त्यही विधिले चलिरहेको छ ) प्रभुदेवको समयको समय रमाइलो थियो । जसको आरम्भ वि.सं. १९५१को वैशाखी पुर्णमासीमा भएको थियो । यस्तो प्राचीनतम अखण्ड यज्ञ संसार भरीमा हुनु दुर्लभ छ ।

 

 जलाशय बनाउन

 

यस पहाडको शिखरमा पानीको अभाव देखेर, त्यहाँ वनको खोल्सालाई खनेर सानो खाल्डो बनाइएको थियो , यसमा विशाल रम्य तालाउको निर्माण गराइयो र त्यसमा सम्पूर्ण तीथोंबाट जल मगाएर छाडियो । तत्पश्चात् त्यस सरोवरमा पहिले प्रभुदेवले स्नान गर्नुभयो । अतः त्यहाँ पवित्र तीर्थ पानीको अभावको पुत्र्ति गर्ने वाला सुन्दर जलाशय बन्यो । तब सबै जनाले प्रभुदेवलाई जय–जय घोष गदै अपूर्व उत्सव मनाए ।

 

 पुरीको विशषता

 

कोठोर कुटी (जसलाई भण्डार कुटी भनिन्छ) मा सबै सामानलाई लिएर पुजारी (श्री बोधानन्द) बस्दथे । यसमा सबै चिज प्राप्त हुन्थ्यो र सबैलाई इच्छानुसार वस्तु दिइन्थ्यो । नगाडे, तुरही, शंख, घण्टा, मृदंग र ढोलक आदिको शब्द दीर्घ र उच्च वेदको ध्वनी, गीता, पुराण, व्याकरणादि को पठन–पाठन र जय–जय ध्वनि सबै दिशामा गुञ्जिन्थ्यो । चारौ तिर रोली, अबीर, लावा, अक्षता र फूलको वर्षा हुन्थ्यो । दिव्य ध्वजाएं फहराउथ्यो । जसको शोभा अवर्णनीय र अनुपम थियो । आज जुन सुक्ष्म रुपमा यज्ञादि कर्म चलीरहेको छ, यसलाई हेर्नाले सहज अनुमान गर्न सकिन्छ कि प्रभुदेवको समयको शोभा कस्तो रहेको होला ।

 

गाई, गोरु, व्याघ्र, सिंह, मृग, भालू सबै साथमा निर्भय भएर तथा साप, मयूर, मुसा, बिरालो, कुकुर साथमा प्रेमभावले मिलीजुली गर्दथे । सर्वदा फल–फूलले भरिपुर्ण बृक्ष, लताहरु र कयौ प्रकारको जंगली लता–बोटविरुवाले आश्रमको शोभा बढाउदथ्यो ।  यसै प्रकार आगन्तुक भक्तहरु द्धारा पनी हवन, रुद्राभिषक, वेद पाठ, कथा पुराणको श्रवण आदि कार्य तथा भोज भण्डार प्रतिदिन हुदै आइरहेको थियो । यस प्रकारले आगन्तुक भक्त, यात्री आभ्यागत, छात्र, अध्यापक आदि तथा पण्डित र ऋत्विज, महात्मा आदिको बढ्दो संख्यालाई यस प्रकार कसै यथावत् बताउन सक्दैन ।

 

बास्नादार फुल, सुवासित ताजा र यज्ञमा जलेको ध्यू, विधिले बनाइयो, गाई चरु, सुगन्धित धूप, कर्पूर, केशर, कस्तुरीयुक्त चन्दन आदिको मनोहर सुगन्ध देखी लिएर सबै पवित्र सुगन्धित स्वास्थ्यकर वायू त्यहाँ हुन्थ्यो । पूmल र वाटिकाहरुको पनी शोभा अपूर्व थियो । सबैजना हृष्ट–पुष्ट, प्रसन्न, आनन्द र सुखले पूर्ण देखिन्थे । केहि वस्तुको पनी कमी थिएन । जुन यस आश्रममा प्रवेश गर्दथे, उसलाई पूर्ण शान्ति मिल्दथ्यो । आज पनी यहाँ आउनाले मनमा शान्ति आउदछ । यस्तो पूण्यभूमि स्वर्गद्धारी आश्रमको महिमालाई को वर्णन गर्न सक्छ ? धन्य प्रभुदेव, धन्य स्वर्गद्धारी आश्रम र धन्य छ यहाँको मानिसहरु । 

 

गौवेंको आगमन

 

प्रभुदेवले सबै देवता र तिर्थालुलाई सुचना गर्नुभयो कि म यज्ञको प्रारम्भ गर्दैछु, तपाई सबैजना सपरिवार, सुबन्धु–बान्धव पाल्नुहोला । यस प्रकार पत्र लेखेर प्रभुदेवले सबै तिर्थालु भक्तजनहरुलाई पत्र पठाउनुभयो । सबै तिर्थ र देवता गाइको रुप धारण गरेर उनीहरुको नामबाट उपस्थित भए तत्पश्चात् यज्ञको पूर्तिको लागी आफ्नो दुध र बाच्छा उपकृत गर्नुभयो । तब स्वयं प्रभुदेवले उनको नाम गंगा, यमुना, राधिका, विष्णु, माया, मति, अम्बिका, गोदावरी, गण्डकी, ज्योति, नन्दिका, भागरथी, भीमरथी, बद्रिका, दुर्गा, भवनी, कपिला, भद्रिका, स्वाहा, स्वधा, लक्षमी, देवी, मंगलाचन्द्री, सम्रुदा, पृथ्वी, तिलोत्तमा, विष्णु माया, वरुण, गोमा, अरुन्धती, ईश्वरी, योगमाया, कावेरी, गोमती, दौपदी, गौरी, छाया, गायत्री भगवती, यमुना, जान्हवी, सावित्री, देवहुति, पार्वती, रुद्री, माधवी, नारायणी, सागरी, स्वर्गी, रवती, गर्भा, गीता, मधुमति, मति, सिद्धि, हिमा, देवकी, महाभवानी,अदिति, सरस्वती, गंगोतरी, विपथगा, तुलसी, हिमासती, श्यामा, कपाली, सुररंंजन, सुधा, मानसी, सरयु, दिती, सुन्दरी मुदा, मेना, सुदेवा, करुणा, निर्मला, कामधेनू, गतिशारदा,कला आदि नामबाट सम्बोधित गरे । यो सबै गाई मनुष्यको कुरालाई बुझ्ने र धेरै दूध दिने वाला तथा प्रभुदेवको आज्ञा पाउने वितिकै प्रभुदेवको परिक्रमा गर्दै रासलिला जस्तै नाच्दथे । यस प्रकार चमत्कार देखाएर प्रभुदेवको अनिर्वचनीय सेवा गरे ।

 
 

 

आश्रमको संन्यासी

 

प्रभुदेवले कालो? स्निग्ध एवं नरम केश, नरिवल जस्तै सुन्दर शिर, तिरछे तिन रेखाले युक्त चमकदार ललाट, सुगाको जस्तै लामौ नाक, कमल जस्तै विशाल नेत्र, मत्स्याकार सुन्दर कान, सुपक्व विम्ब जस्तौ ओठ, शंखाकार कण्ठ भृगुको पद लक्षित वक्षस्थल, गहिरो नाभि, दीर्घ बाहु, ध्वजा, अंकुश, वज्र पद्म आदि चिन्ह र पाुदुकायुक्त चरण, चमकीला गौर वर्ण, गेरुवा रंगले रंगीएको बस्त्र बेरेको र ओढेको हुदाँ शिरमा बाधेको रुमालले दुबै कानलाई ढाकेको , गलामा राम्रो फूलको सुन्दर मालाले युक्त सुशोभित रहन्थे । यसप्रकार प्रभुदेवको रुप र महिमाको वर्णन गर्दा–गर्दा साक्षात् सरस्वती पनी थाक्नु भएको थियो । शेषनाग मैन हुनुभयो, अठार पुराणको लेखक  वेदव्यास जी को लेखन पनी थाक्नु भयो । कालियुगको हामीहरुको कुरा के हो र ?

 

प्रभुदेवको दुई साना गुरुभाई थिए । उनीहरुमा एक अनन्तगिरिजी छ जसमा हृषिकेशमा गएर नेपाली क्षेत्रको व्यवस्था गरे । जुन आज सम्म चल्दै आएको छ । जसमा हजारौ साधु र यात्रीहरुलाई भोजन तथा वासस्थानको पूर्ण व्यवस्था छ । दोस्रो दौलताबाद गिरिजी हो जसले प्रभुदेवको सेवालाई स्वीकारेर स्वर्गद्धारी आश्रममा नै अन्तिम समय विताए ।

 

प्रभुदेवको प्रथम र मुख्य चेला बोधानन्द गिरि हुनुहुन्थ्यो जसलाई सबैले शेषनागको अवतार मान्दथे । उनको दुवै आँखा नागको जस्तै थियो । कालकूट विष खान्थे । उनको पाखुरामा यति बल थियो कि लड्दै गरको दुवै साढेको विचमा उभिएर दुवै आपसमा झगडाबाट रोकदिन्थे । मरचंगा नामको बाजा मनमोहक ढंगले बजाउदथे तथा शान्त, उदार र परम ज्ञानी थिए । यस्तै प्रभुदेवको अन्य चेला पनि थिए, जुनको नाम श्री मुक्तानन्द गिरि, विद्यानन्द गिरि, ईश्वरानन्द गिरि, गोविन्द गिरि, सूर्य गिरि, महेश्वर गिरि, लोकानन्द गिरि, जगन्नाथ गिरि, ब्रह्माभ्यासी गिरि, हरिहर गिरि, अमरानन्द गिरि, खड्गानन्द गिरि, शंंकरानन्द गिरि, नरु गिरि, आनन्द गिरि, विश्वानन्द गिरि, परमानन्द गिरि, समुद्रा गिरि, पार्वती गिरि, यमुना गिरि, ललिता गिरि, गंगा गिरि, उमा गिरि, लक्ष्मी गिरि, शिव गिरि, माधव गिरि, कृष्णानन्द गिरि, पुष्करानन्द गिरि, नारायण गिरि आदि अनेक चेला थिए ।

 

बोधानन्दको चेला बने–सत्यानन्द गिरि, रामचन्द्र गिरि, गंगा गिरि, केशवानन्द गिरि, तिलू गिरि, सत्य गिरि आदि चेला थिए ।

 

विश्वनन्द जी को चेलाहरु– कपिलानन्द गिरि, आदित्य गिरि, पूर्ण गिरि, रत्नगिरि आदि ।

 

महेश्वरानन्दको शिष्यहरु– रम्भा गिरि, माधव गिरि आदि ।

 

सूर्य गिरिको चेलाहरु– प्रयाग गिरि, चन्द्र गिरि, केशव गिरि, मनु गिरि, लक्षमण गिरि, विश्व गिरि, मंगल गिरि, बाला गिरि, सागर गिरि आदि ।

 

अमरानन्द गिरिको चेला–कर्णानन्द गिरि ।

 

खड्गानन्दको चेलाहरु– तारा गिरि ।

 

दोस्रो शंकरानन्दको चेलाहरु– सुकदेव गिरि, रामानन्द गिरि, सीता गिरि, विष्णुगिरि, शिवा गिरि, पार्वती गिरि ।

 

ब्राह्माभ्यासी गिरिको चेलाहरु– अनन्नतानन्द गिरि, मुक्ता गिरि, मुक्ता गिरिको चेला तुलसा गिरि, तुलसा गिरिको चेला भागवत गिरि ।

 

कृष्णानन्दको चेलाहरुः आत्मानन्द गिरि, गणेश गिरि, हरिहर गिरि आदि ।

 

परमानन्दको चेला–देवानन्द गिरि ।

 

पुष्कारानन्दको चेलाहरु–धर्मानन्द गिरि, दमयन्ति गिरि, इन्द्र गिरि आदि ।

 

समुद्रागिरिको चेलाहरु– अयाध्या गिरि, रत्न गिरि, कृष्णा गिरि, गंगा गिरि, कुमार गिरि, शारदा गिरि ।

 

पार्वती गिरिको चेलीहरु– गौरी गिरि, सीता गिरि, भागवत गिरि, उनको मुक्ता गिरि

 

 

गौरी गिरिको चेली–गिरिजा गिरि ।

 

उमा गिरिको चेली– अन्नपूर्णा गिरि ।

 

लक्ष्मी गिरिको चेलीहरु– शान्ता गिरि, केदार गिरि, प्रकाश गिरि आदि ।

 

 यी सबैजना भजानानन्दी र महान भक्त बने । यिनीहरु मध्ये एकजनाले अभ्यागतोंको सेवा गरे, प्रभुदेवको आज्ञानुसार औषधि बनाउने र दिने, हवन सामग्री जम्मा गर्ने, गाईको सेवा गर्ने, पाठशालाको व्यवस्था गर्ने, साधुहरुको सेवा गर्ने यसप्रकार प्रभुदेवको सेवा गर्दथे । 

 

प्रभुदेवको दिनचर्या

 

प्रभुदेव ब्रह्म मुहुर्तमा उठेर दैनिक स्नान संध्यादि क्रिया गरेर उपरान्त कुटिमा आएर नाद गदै भक्तजन आएर प्रभुदेवको पुजा–आरती गर्दथे । भक्तहरुको पुजा ग्रहण गरेर गोशालामा जान्थे र गाईलाई घास, भुस, नुन आदिको रेखदेख गर्दथे । तत्पश्चात् गाईलाई दुहेर, दुधलाई लगेर भण्डार कोठामा जम्मा गर्दथे । बोधानन्द जीलाई आदेश दिएर सबैभन्दा पहिले ग्वालाहरु र घासियोंलाई, छात्राहरुलाई, ऋषिहरुलाई , पण्डित आदिलाई क्रमशः भोजनको व्यवस्था गदै साधुलाई भोजनको व्यवस्था गर्दथे । यतिकैमा प्रभुदेवको कुटिमा आरती, अभिषेक र तिलक हुन्थ्यो । यसपछि गाईलाई ग्वालाहरु सँग केहि टाढा जंगलमा छोडेर आउदथे र फेरि दोस्रो गौशालाको गाईलाई अर्को जंगलमा केहि टाढा सम्म छोडेर आउदथे र फेरि तेस्रो गौशालाको गाईलाई तेस्रो जंगलमा केहि टाढा सम्म छोडेर आउदथे । पुनः बाच्छाबाच्छीलाई टाढा सम्म पु¥याएर सबै ग्वालाहरुलाई सम्झाएर फर्किन्थे । किनकी प्रभुदेवको दर्शन एवं आज्ञा बिना ति गाईहरु चर्नको लागी जादैन्थे । तदन्तर यात्री र आश्रमवासीको लागी जे–जे आवश्यक हुन्थ्यो उनी सबैलाई पुनः आफै हेरेर पु¥याएर यज्ञशालामा जान्थे । उनी भगवानको सबै भक्तहरुको साथ पुष्पांजलि समर्पित गर्दथे र युक्ताहार विहारको अनुसार पवित्र साधारण थोरै भोजन गर्दथे । यसपछि विश्राम स्थानमा गएर बाहिरवाट आएको पत्र–पत्रिकाहरु पढ्न पठाएर लेख्दथे । पुनः पत्रको अनुसार दवा–यन्त्र आदि पठाउने प्रबन्ध गर्दथे । यसपछि त्यहाँ आएको यात्रीहरुको बिभिन्न प्रश्नको उत्तर तथा दवा–यन्त्र आदि दिएर, ज्ञान–विज्ञान सम्बन्धि समस्त शंकटलाई हटाएर उनीहरु सबैलाई खुसी बनाउदथे ।  समयमै यज्ञमा तिलक आदि यज्ञीय कार्य समाप्त हुने वित्तिकै मेवा, फलफूल, हलुवा, मिठाई आदि प्रसाद लिएर घास काट्नेको लागी जंगलमा जान्थे । त्यस समय प्रभुदेवको साथ योगी, पंडित, विद्धान, ऋत्विक, छात्र र यात्री सबै जान्थे र कथा पुराणको रहस्य, ज्ञान–विज्ञानको कु्रा, मन्त्र–अनुष्ठानको विधि सत्संगको चर्चा, प्रभुदेवबाट सुनेर आनन्द मग्न हुन्थे । जब घास लिएर सबै भेला हुन्थे तब मेवा आदि जुन प्रसाद साथमा ल्याउएको हुन्थे, त्यो सबैलाई खानको लागी घास–भुसा अर्पित गर्दथे । अनन्तर गाईलाई दुहाएर दुध भण्डार कुटिमा राखेर, आफ्नो कुटिमा आउथे तब भक्तहरु प्रभुदेवको आरती गर्दथे । यज्ञशालामा पनी आनन्दमय आरती र भजन हुन्थ्यो, र पछि यज्ञशालामा रात्रिको पुष्पांजलि हुन्थ्यो । यस कार्यलाई समाप्त गरेर सत्संगको चर्चाको साथ प्रभुदेवको उपदेश हुन्थ्यो ।रात्रीको तृतीय प्रहरमा पुनः यज्ञको तिलक आदि हुन्थ्यो । त्यसपछि कुटिमा गएर शिष्यों र साधकोंलाई योगाभ्यास गराउदथे । यतिकैमा ब्रह्म मुहुर्त हुन्थ्यो । प्रभुदेवलाई न त दिनमा विश्राम गर्नेको अवकाश थियो न त रात्रीमा । यस प्रकार काम गर्दा फेरी पनी आत्मचिन्तनबाट विरत हुदैन्थे, र यति भारी बोझलाई पनी प्रतिदिन संभाल्दै पनी निर्लिप्त भावले परोपकार गरि रहन्थे ।

अनन्त महारुद्रीको अनुष्ठान
यज्ञशालाको उत्तर मन्दिरमा विद्यमान श्री शिवजीको माथी जलधाराको साथ पुरा एक साल सम्म हुने वाला विशेष रुद्री द्धारा रुद्राभिषेक “अनन्तमहारुद्री” नामक यज्ञ हुन लाग्यो । पुरै विशेष रुपबाट सजाइयो । चारै तिर ध्वजा र पताकाहरु फहराउन लाग्यो । तोरणको माला, फूल, पल्लव आदिले सझाइयो । चारै तिर बाट सबै प्रकारको सामग्री संग्रह गरेर वैशाख पूर्णिमामा यज्ञ प्रारम्भ गरियो । त्यसमा १०२ ब्राह्मणहरुको वर्णन भयो । सबै जना वेदको ज्ञाता, विद्धान र आस्ति थिए । एक सय सात छिद्रवाला अभिषेक पात्रबाट निक्लिएको १०८ गाईको दुध मिश्रित जलको धाराबाट प्रतिदिन एक महारुद्री पूर्ण हुन लाग्यो । प्रतिदिन त्यसको दशांश हवन पनी यज्ञ–कुण्डमा गरिन्थ्यो । यसैको साथ मंत्र–तंत्र सप्तशी तथा महाकाल शनि मृत्युंजय आदिको जप–पाठादि हुन्थ्यो । त्यसैको साथ श्री शिव महापुराणको व्याख्या विद्धान ब्राह्मण द्धारा गरिन्थ्यो । त्यसपछि महाप्रभुदेवको उपदेश (प्रवचन) हुन्थ्यो । तद्न्तर आरती, अभिषेक, तिलक हुन्थ्यो । सबै यज्ञमा ब्राह्मणहरु भोजन गरेर ताम्बुलादि ग्रहण गर्दथे । केहि समय विश्राम गरेर सन्ध्यापासनादि नित्यकर्म गरेर साझको आरती, पुजा र रोमांचकारी सामूहिक कीर्तन गरिन्थ्यो । यस प्रकार महाप्रभुले पुरा एक साल भरी यहाँ अनन्तमहारुदी नामक रुद्राभिषेक पुरा गरेर वेशाख पुर्णमासीमा भव्य उत्सवको साथ समापन गर्नुभयो । जसमा ब्राह्मणले धेरै–धेरै दक्षिणा पाएका थिए । सबै जना महाप्रभुदेवलाई ईश्वरीय चरित्रलाई देखेर उनको महिमा गाउदथे । यस प्रकार विश्वमा सबै भन्दा ठुलो “अनन्त महारुद्री” महाप्रभुद्धारा सम्पादित भयो ।







 

   
Today, there have been 186599 visitors (309234 hits) on this page!
=> Do you also want a homepage for free? Then click here! <=
Thank You, Visit Again.